0
Shares
काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
एमालेलगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्री नियुक्त गर्नुभयो ।
शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । नेपाली काँग्रेसबाट मुख्यमन्त्री भएका डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिएपछि महराले आज बिहान ४८ सांसदको हस्ताक्षर पेश गर्नुभएको थियो ।
महरालाई एमाले, माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री महराको शपथ ग्रहण आगामी आइतबार हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।