२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दिपले गराए पुनरावेदन निवेदन दर्ता

0 Shares
Spread the love

काठमाडौँ। बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेकाे ८ वर्ष कैद पठाउने फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

बिहीबार लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका हुन्।

मुद्दा दर्तासँगै उच्च अदालतले सन्दिपलाई जेल बाहिर बसेर मुद्दा लड्न पनि अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले पुस १३ मा जर्बजस्तीकरणी भएको ठहर गर्दै पुस २४ मा सजाय तोकेको थियो।

प्रतिक्रिया