२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग

0 Shares

काठमाडाैं। नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले रूस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको बिशेष समयमा उहाले रूस-युक्रेन युद्धमा रहेका नेपालीहरुको अवस्था अज्ञात रहेको र परिवारका सदस्यहरु थप पीडामा परेको भन्दै सो स्थानमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरेका हुन्।

सयौंको संख्यामा रुसी सेनामा नेपालीहरु रहेपनि उनीहरुको अवस्था पत्ता लगाउन परराष्ट्र मन्त्रालय असफल रहेको उनले बताए। उनले नेपालीहरु रुसी वा युक्रेनी सेनामा पुराउने अवस्थाको छानविन गर्नुपर्ने बताए। अनाधिकृत रुपमा रुस युक्रेनमा फर्काउन सरकारले तत्परता समेत नदेखाएको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले लिने सेवा शुल्क सरकारले तोक्न नसक्दा मनोमानी रुपमा शुल्क असुलीरहेको बताए। विरामीले पाँच गुणासम्म बढी महँगो शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै उनले आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गरे।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा सरकार असफलजस्तै भइसकेको र संसद चार दलको रवरस्ट्याम्प बनेको आरोप लगाए। उनले सत्ता गठबन्धनभित्र जनताका मुद्दा भन्दा पनि विपक्षीलाई कसरी प्रतिरोध गर्ने भन्नेमात्रै केन्द्रीत भएकाले देश बनाउने बिषयमा छलफल गर्नुपर्ने बताए।

त्यस्तै सांसद सांसद सुनिता बरालले लघुवित्त, मिटरव्याजपीडितको मागमा गम्भीर हुन माग गरे। त्यस्तै माओवादी सांसद नारायणी शर्माले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुंगाे लगाउन माग गरे।

प्रतिक्रिया