२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना

1908 Shares

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ ।

छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उनलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिए ।

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गरेका छन् ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उनले केही व्यक्तिहरूलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाएको र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने विषयमाथि गरिएको छानविनमा ५९ वर्षीया साराले जरिवानको सजाय पाएकी हुन् ।

उनीमाथि घुस लिएको, झूट बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ ।

सारासँगै प्रधानमन्त्री कार्यालयका पूर्वउपमहानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ ।

प्रतिक्रिया