२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाडौं आउने

0 Shares

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आउने भएका छन् । उनको नेपाल भ्रमणका  क्रममा १३२ केभीएका तीनवटा प्रसारण लाइन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा-मैनाहिया प्रसारण लाइनको उद्घाटन हुनेछ ।

प्रतिक्रिया