0
Shares
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफू पनि पदमा बसीरहन जरुरी नभएको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै पुष्पकमल दाहालले सो कुरा बताउनुभएको हो ।
उहाँले कमजोर कार्य सम्पादन गर्ने मन्त्रीहरुले पनि पद ओगटेर बस्न नहुने बताउनुभयो । उहाँले मन्त्रीहरुप्रति संकेत गर्दै हरेकले आआफनो भुमिकालाई न्याय हुनेगरी काम गर्नुपर्ने नैतिक दवाव रहेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले संघीयतालाई वास्तविक रुपमा कार्यान्वयन गराउने काममा आफू दृढ र प्रतिवद्ध रहेको समेत बताउनुभयो ।