२०८१, २२ भाद्र शनिबार
×

ट्रेन्डिङ

शीर्ष नेताहरुको बैठक : शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सकारात्मक

0 Shares

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मक देखिएका छन् ।

सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शिर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)बीचका नेताहरुको छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति शिर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रस्तुत हुने बताउनुभयो ।

सचेतक बर्तौलाले सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रस्तुत गर्ने सहमति करिब जुटेको बताउनुभयो । उहाँले आउने संसदमा विधेयक प्रस्तुत गर्नका लागि शिर्ष नेताहरु एकजुट भइ संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताउनुभयो ।

प्रतिक्रिया