२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

छुरा प्रहारबाट ज्यान गुमाएका क्षेत्रीको परिवालाई पोर्चुगलबाट आर्थिक सहयोग 

0 Shares

लिस्बन । साथीको छुरा प्रहारबाट गत साता पोर्चुगलमा ज्यान गुमाएका कुश्मा नपा– १३, खौला, पर्वतका धन बहादुर क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

 

पोर्चुगलमा क्रियाशील नेपाली दिदीबहिनीहरुको संस्था नेप्लिज वुमन एशोसिएसन, पोर्चुगलले क्षेत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । संस्थाले मृतक क्षेत्रीकी श्रीमती सरस्वती क्षेत्रीलाई रेमिटान्स मार्फत् ५० हजार रुपैयाँ नगद रकम सहयोग प्रदान गरेको संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिनुभयो ।

 

क्षेत्रीको निधन सँगै घरपरिवार बिचल्लीमा परेको र परिवारको आर्थिक अवस्था समेत निकै कमजोर रहेका कारण उनको परिवारलाई थोरै मात्र भएपनि राहत पूगोस् भन्ने उद्धेश्यले सहयोग रकम प्रदान गरिएको अधिकारीले बताउनुभयो । संस्थाले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरेको रकम मध्येबाट सहयोग स्वरुप सो रकम नेपाल पठाईएको उहांले बताउनुभयो ।

 

पोर्चुगलमै अस्ताएका धनबहादुरको परिवारमा बृद्ध बुवा आमा, श्रीमती र चार स–साना छोराछोरी रहेका छन् । भने उनको निधन सँगै क्षेत्रीको परिवारमा आयआर्जनको बाटो समेत बन्द भएको छ ।

प्रतिक्रिया