२०८१, ८ चैत्र शनिबार
×

ट्रेन्डिङ

आन्दोलन रोकिँदैन : दुर्गा प्रसाईं

0 Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ ।

बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै भएको दाबी गर्नुभयो ।

शुक्रबार बिहान ११ बजे तीनकुनेमा जम्मा भएर प्रदर्शन गर्ने भन्दै प्रसाईंले देशको अहिलेको परिस्थितिबाट पीडित सबै प्रदर्शनमा आउनु पर्ने बताउनुभयो ।

बिहीबारको प्रदर्शनका क्रममा बल्खुमा भएको झडपमा आफ्नो पक्षका २६ जना घाइते भएको र एक जनालाई टाउकोमा गोली लागेको दाबी समेत उहाँले गनुभयो ।

प्रतिक्रिया