काठमाडौँ – दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँबाट सात स्थानमा जम्मा भइ तोकिएको रुट प्रयोग गरेर बल्खुमा भेला हुन अनुरोध गरेको छ । भक्तपुर क्षेत्र र साँगा नाकाबाट छिर्नेलाई सिधै बल्खुमा जम्मा हुन भनिएको छ ।
उक्त अभियानका सह-प्रवक्ता राजानन्द माण्डव्यले एक सूचना जारी गर्दै महाराजगञ्ज, गंगबु, बुढानीलकण्ठ, टोखा, बालाजु र ककनी नाकाबाट छिर्ने सबैलाई गोङ्गबुमा जम्मा भएर गल्फुपाखा, स्रोह्रखुट्टे, ढल्कु, कालीमाटी हुँदै बल्खु आउन भनेका छन् ।
स्वयम्भू, सितपाइला, रामकोटबाट आउननेलाई कंलकी, रविभवन हुँदै बल्खु, थानकोट नाकाबाट आउनेलाई कंलकी चोकमा जम्मा भएर र्यालीसहित बल्खु, पाटन क्षेत्रकालाई धोबीघाट हुँदै बल्खु, सातदोबाटो ग्वार्को, गोदावरी क्षेत्रकालाई सातदोबाटोमा जम्मा भएर भक्तपुरको र्यालीसँगै बल्खु आउन भनिएको छ ।
महाअभियानले धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डा प्रयोग नगर्न भनेको छ । यस्तै र्यालीको अग्रस्थानमा धर्मगुरुहरु, ओमकार परिवार, नाथलगायतलाई राखेर नागरिकहरु आउन महाअभियानले आग्रह गरेको छ ।