२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

0 Shares
Spread the love

काठमाडौं। सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको  छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सामाजिक सञ्जाल टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको हालैको निर्णयलाई बदरको माग गरी सर्वोच्चमा रिट पेश गरेको जानकारी दिए।

गत २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे पछि जनआक्रोश बढिरहेको बेला यो रिट परेको हो । देश र समाजमा विसंगति, विकृति र अराजकता फैलाएको भन्दै नेपालमा टिकटक बन्द गर्नु परेको सरकारको तर्क छ ।

तर, सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

प्रतिक्रिया