२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

रिगल नेपालगन्जबाट पक्राउ

0 Shares

काठमाडौँ — सर्वोच्च अदालतले कैद माफी बदर गर्न परमादेश दिएपछि प्रहरीले व्यक्ति हत्याका दोषी रिगल भनिने योगराज ढकाललाई पक्राउ गरेको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतबाट राष्ट्रपतिले दिएको सजाय माफीविरुद्धको मुद्दामा आदेश आएलगत्तै रिगल मोबाइल स्वीच अफ गरेर भाग्ने तयारीमा रहेको प्रहरी स्रोतले बतायो । तर, उनको निगरानी गरिरहेको प्रहरीले आदेशलगत्तै नेपालगञ्जबाटै पक्राउ गरी पुनः कारागार चलानको तयारी गरेको छ ।

प्रतिक्रिया