२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्ष स्यान्ड्रसबीच भेटवार्ता

0 Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्ड्रस बिच लन्डनमा भेटवार्ता भएको छ ।

बेलायती सेनाध्यक्षको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका शर्मा र स्यान्ड्रसबिच लण्डनस्थित सैनिक मुख्यालयमा भेट भएको हो ।

भेटमा दुई देशका सेना प्रमुखबिच द्विपक्षीय सैनिक सम्बन्ध तथा सहयोगका क्षेत्रमा विकास र विस्तार गर्ने बारेमा छलफल भएको थियो । बेलायती सेनाका सेनाध्यक्ष स्यान्ड्रसले नेपाली सेनाको पेसागत क्षमताको अभिवृद्धि र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसैगरी, प्रधान सेनापति शर्माले बेलायतस्थित रोयल कलेज अफ डिफेन्स स्टडिजको समेत भ्रमण गर्नु भएको थियो ।

प्रतिक्रिया