२०८२, ५ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

‘कैदीको पत्र’ बेलायतका सिनेमा हलमा प्रदर्शन हुदै

0 Shares

लन्डन । बेलायतमा निर्मित नेपाली चलचित्र कैदीको पत्र यही अक्टुबर १३ बाट सिनेवर्ल्ड, भ्यूलगायत हलहरुमा फिल्म प्रदर्शन गर्न लागिएको छ।

निर्देशक सनमकुमार बैराग का अनुसार बेलायतका विभिन्न शहर भ्यू रेडिङ, भ्यू ह्यारो, सिनेवर्ल्ड फेल्थम, सिनेवर्ल्ड रइसलीप, सिनेवर्ल्ड वेम्ब्ली, सिनेवर्ल्ड अल्डरसट, सिनेवर्ल्ड आसफोर्ड, सिनेवर्ल्ड डोभर, सिनेवर्ल्ड ग्लास्गो, शो केस पिटरबरोलगायतमा चलचित्र प्रदर्शन गरिनेछ।

प्रेम र रोमान्समा आधारित उक्त चलचित्रमा कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लरेन वेस्टबरी, तपस्या शिवाकोटी लगायत नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

बेलायतवासी साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कृतिमा आधारित उक्त चलचित्रमा बेलायतमा रहेका नेपाली र बेलायती नागरिकबीचको आपसी सम्बन्धका कारण सृजित घट्नाक्रमलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।

प्रतिक्रिया