२०८३, १९ बैशाख शनिबार
×

ट्रेन्डिङ

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहारको विरोधमा नेविसंघ त्रिविद्वारा गृहमन्त्रीको पुत्ला दहन

0 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष महेन्द्र यादवमाथिको सांघातिक आक्रमणको विरोध गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्व विद्यालय इकाइ समितिले गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला दहन गरेको छ। आज बेलुकी दोषिलाई कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन गरिएको नेविसंघ त्रिवि इकाइ सभापति विष्णु बडैलाले जानकारी दिए।

यादवमाथि भएको सांघातिक हमलालाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउँदै उनले दोषिमाथि कडा कारबाहीको माग गरेका छन्। आज दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो।

नुवाकोट विदुर नगरपालिकाका ४७ वर्षीय श्याम सापकोटाले खुकुरी प्रहार गरेको र उनलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया