
काठमाडौं । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित नगराउन सरकारसँग माग गरेको छ ।
आइतबार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खाहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेको हो ।
अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोर्खालीहरुको चल अचल सम्पती पूूर्ण रुपमा पलायन हुने बताउनुभयो । संयोजक तामाङले गोरखालीहरु अपराधी हो ? भन्दै गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने बताउनुभयो । उहाँले ब्रिटिस गोरखालीका सन्तानहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने भन्दै गोर्खाहरुले बेलायत बस्न पाउँ भनेर कहिल्यै माग नराखेको स्मरण गराउनुभयो ।
संयोजक तामाङले दुई सय वर्षदेखि बेलायतमा गोरखालीहरु कार्यरत रहेको बताउनुभयो ।