२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँछौं : परराष्ट्रमन्त्री साउद

0 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको परराष्ट्र नीतिका सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दैउहाँलेराष्ट्रिय हितलाई प्राथमिकतामा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री साउदले जारी रुस–युक्रेन द्वन्द्वको उदाहरण दिँदैस्वतन्त्र देश भएपनि युक्रेनले छिमेकी रुसको सुरक्षा चासोलाई सम्बोधन गर्न नसकेका कारण द्वन्द्वको सिर्जना भएको उल्लेख गर्नुभयो । असंलग्न परराष्ट्र नीति भनेको कुनै सैन्य गठबन्धनमा सहभागि नहुने नीति रहेको भन्ने आफ्नो बुझाइ रहेको बताउँदै उहाँले यसलाई कूटनीतिक तटस्थताका रुपमा व्याख्या गर्न नहुने धारणा राख्नुभयो ।

कूटनीतिक रुपमा नेपाल युक्रेनमाथि रुसी हस्तक्षेपको विपक्षमा रहेको मन्त्री साउदको भनाइ छ । सबैलाई समान भाग लाग्नेगरी गणतीय हिसाबका आधारमा परराष्ट्र सम्बन्धको सन्तुलन नहुने भन्दै मन्त्री साउदलेजुन मुलुकसँग आर्थिक र व्यापारिक सम्बन्धमा निकटता छ, सोही मुलुकसँगको सम्बन्धलाई प्राथमिकता दिइनुपर्ने धारणा राख्नुभयो ।

दुवै छिमेकी मुलुकहरुले तीव्र आर्थिक विकास गरिरहेको उल्लेख गर्दै उहाँले मुलुकको विकासमा दुवै छिमेकीको सहकार्य आवश्यक रहेको बताउनुभयो । भारतले पनि नेपाल–चीनबीचको स्वभाविक सम्बन्धलाई बुझेको र चीनले पनि नेपाल–भारतबीचको स्वभाविक सम्बन्धलाई बुझेको भन्दै उहाँले नेपाल द्विपक्षीय र बहुपक्षीय सम्बन्धको ढोकालाई खुला राख्न दृढ रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया