२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

व्यापारी भएर सरकारको उत्पादन बढाउने नीतिको आलोचना गरेको भन्दै अर्थमन्त्रीको आक्रोश

0 Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गर्नुभएको छ ।

 

मंगलबार आन्तरिक राजश्व विभागले गरेको व्यवस्थापन गोष्ठीमा अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा स्पष्ट पार्न आग्रह गर्नुभएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउनु राम्रो नभएको बताउनुभयो। उहाँले महासंघले अर्थतन्त्रका विषयमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक भएर धारणा राख्न आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई आफू व्यापारमात्रै गर्ने उत्पादन बढाउने नीति लिँदा सरकारको आलोचना गर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

 

अर्थमन्त्री महतले सरकारले आन्तरिक राजश्व र भ्याटलाई प्राथमिकता दिन नसकेको बताउनुभयो । उहाँले तथ्याङ्कहरुले पनि धेरै सानो संख्याले ८० प्रतिशत कर तिरिरहेको भन्दै त्यो भन्दा धरै संख्या करको दायरामा आउन सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले मूल्य अभिवृद्धि करको सिद्धान्त विपरित कयौं वस्तुमा भ्याट छुट दिने गरिएकाले सरकारले त्यसलाई सुधार गरिएको बताउनुभयो । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बतायो ।

 

निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले उनीहरुले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताए । उनीहरुले सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौति समाधान गर्नसके राजश्व परिचालन सुधार हुने विश्वास रहेको बताए । उनीहरुले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया