२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

भारतीय चर्चित निर्देशक नितिन देसाई मृत अवस्थामा फेला

2750 Shares

एजेन्सी । भारतीय चलचित्रका चर्चित कला निर्देशक नितिन देसाई मृत अवस्थामा फेला परेका छन् ।

महाराष्ट्रको रायगड जिल्लाको कर्जतस्थित एनडी स्टुडियोमा देसाइ झुन्डिएको अवस्थामा फेला परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

बलिउडका सर्वाधिक सफल मानिएका चलचित्र ‘लगान’,‘हम दिल दे चुके सनम’,‘जोधा अकबर’ र ‘प्रेम रतन धन पायो’ जस्ता निर्देशक देसाइले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देसाईले मंगलबार राति आत्महत्या गरेका हुन् । प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।

देसाइ फिल्म ‘देवदास’, ‘लगान’, ‘हम दिल दे चुके सनम’ र ‘डाक्टर बाबा साहेब अम्बेडकर’ का लागि ४ पटक नेशनल अवार्डबाट सम्मानित भएका थिए ।

प्रतिक्रिया