२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सांसद पौडेलको जोड

80 Shares

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भरियामात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्र्न आग्रह गर्दे सांसद समेत रहनुभएका पौडेलले सामान्य मजदुरको टाउकोमा मात्र दोष नदेख्न आग्रह समेत गर्नुभयो । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम भने राम्रो नभएको जिकिर गर्नुभयो ।

उहाँले सुन काण्डबारे अनुसन्धान हुँदैगर्दा विरोध तथा संसद अवरोध गरेर अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित नभएको स्पष्ट पार्नुभयो । सुन तस्करी प्रकरणमा संलग्न दोषीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्नुपर्ने अवस्था आउनसक्ने नेता पौडेलको चेतावनी छ । विगत १५ बर्षको तथ्याङकमा ८५ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकेको उल्लेख गर्दै पौडेलले भ्रष्टाचार,अनियमितता र बेरुजु यसको प्रमुख कारण र भएको बताउनुभयो ।

नेता पौडेलले प्रतिनिधि सभामा सासद संख्या घटाउनुपर्ने र मन्त्रीपरिषदको आकारपनि सिमित गरेर यसैलाई समावेशी प्रकृतिको बनाउन सकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया