२०८३, ३१ श्रावण आईतवार
×

ट्रेन्डिङ

समाजवादी मोर्चाले निकास दिन सक्दैन, निर्वाचन प्रणाली नै बदल्नुपर्छ: जगदीश्वरनरसिंह केसी (भिडियो अन्तरवार्ता)

9658 Shares
Spread the love

काठमाडौँ, असार २५ गते । नेपाली कांग्रेसका प्रभावशाली नेता जगदीश्वरनरसिंह केसीले पार्टीभित्र नवीन रुपान्तरणको प्रक्रिया देशव्यापी रुपमै सुरु भएको बताएका छन्।

नेता केसीले कांग्रेस नेतृत्वसँग चरम निरासा भए पनि पार्टी पङ्क्तिले थालेको रुपान्तरण अभियानबाट ठुलो उत्साह आएको बताएका हुन्। उनले कांग्रेसलाई रुपान्तरण गर्ने अभियानमा सांगठानिक संरचनालाई बलियो बनाउनेतर्फ ध्यान दिइरहेको बताए।

‘नेतृत्वबाट ठुलो अपेक्षा हामीले गरेका छैनौँ, गर्ने अवस्था पनि देखिएन, त्यसैले हामीले रुपान्तरण अभियानमार्फत कांग्रेस नेता–कार्यकर्तामा पुनर्जागरण ल्याउन पहल थालेका हौँ, अब कांग्रेस त्यही उत्साह र जोशका साथ अघि बढ्छ,’ उनले भने।

नेता केसीले नेतृत्व र पदाधिकारीमै सुधार नआएसम्म नागरिक तहमा विश्वासको निर्माण हुन नसक्ने बताएका छन्। ‘कांग्रेस पार्टीका प्रत्येक सदस्यको भावनालाई बुझ्नु पहिलो उत्तरदायित्व हो, तर कांग्रेस नेतृत्वमा एकल ढंगले आफूले जे निर्णय गरे पनि ठिक हो भन्ने निरंकुश प्रवृत्ति अझै कायमै छ, त्यसैले यो प्रवृत्तिविरुद्ध कांग्रेसको सिंगो कार्यकर्ता पङ्क्ति लड्नैपर्छ,’ उनले भने ।

नेता केसीले कांग्रेस पार्टी नै संकटमा रहेको बताउँदै शुद्धीकरण नगरे २०८४ को निर्वाचनको सामन गर्नै कठिन हुने प्रष्ट पारे।  ‘पद र आर्थिक चलखेलभन्दा माथि भएन, सिर्जनशील कार्यकर्तालाई समेटिएन, त्यसैले हामी संघर्ष गरिरहेका छौँ, अब नयाँ ढंग अघि बढ्नुपर्छ, अरु विकल्पै छैन,’ उनले भने।

सदस्यता लिने गर्नु पर्छ । नेपाली कांग्रेसको विचार र भावना बुझेर मात्र अगाडि बढ्नु पर्छ र सबैलाई समान भावनाले अगाडि बढाए मात्र हामिले रूपान्तरण अभियानको सफलता प्राप्त हुने बताउनुभयो ।

मोर्चाले समाधान दिँदैन’

नेता केसीले चार दल सम्मिलित समाजवादी मोर्चाले मुलुकलाई कुनै समाधान नदिने बताए। उनले मोर्चाको नीति कार्यक्रम प्रष्ट नभएको बताउँदै यसले समुन्नत नेपाल बनाउने कार्यक्रम बनाउन नसक्ने दावी गरे।

उनले स्थिर राजनीतिक व्यवस्थाका लागि निर्वाचन प्रणाली नै बदल्नुपर्ने बताए। उनले प्रत्यक्ष र समानुपातिक प्रणालीको सन्दर्भमा विमर्श गरेर परिवर्तन गर्न सकिने बताएका छन्।

हेर्नुहोस् अन्तरवार्ता

 

प्रतिक्रिया