२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

धादिङ समाज बेल्जियमको अधिवेशन सम्पन्न, अध्यक्ष मा कृष्ण प्रसाद न्यौपाने

9513 Shares
Spread the love

बेल्जियम। धादिङ समाज बेल्जियम को दोश्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको दोश्रो अधिवेशले कृष्ण प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

अधिवेशनले सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मतीमा चयन गरेको हो।निर्वाचित हुने कार्यसमितिमा उपाध्यक्ष जय तामांग र रमेश दाहाल महासचिव हरि सिम्खडा, सचिव तेम तामांग, कोषाध्यक्ष मा दिपेन्द्र दाहाल दिपक बिस्ट चयन भएका छन् ।

त्यस्तैगरि सदस्यहरुमा महिँदो तामांग, पदम कुमारी दाहाल, रचन बोहरा, प्रशन्न पण्डित, तेज अर्याल, कमला घले, बिष्णु सिम्खडा, मिलन तामांग, रमेश अधिकारी, दिपक चन्द्र भट्ट, रन्जना सिम्खडा न्यौपाने, पुस्पा तामांग चयन भएका छन् ।

अधिवेशन संस्थाका उपाध्यक्ष जय तामांगको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि बेल्जियमको लागि महामहिम राजदुत गेहेन्द्र राज भण्डारी, अतिथि हरु एनआरएनए आईसिसि का कोषाध्यक्ष लोक प्रसाद दाहाल, अर्जुन दाहाल, अन्तर्राष्ट्रिय धादिङ समाज का उपाध्यक्ष कासी दनै, एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ राज धमला, पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष ओम शर्मा रन्जन सिम्खडा, शान्त सिम्खडा लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया