२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले बेलायतका विभिन्न शहरमा योग सत्र संचालन गर्ने

117 Shares
Spread the love

लन्डन – पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नवौं विश्व योग दिवसको अवसरमा बेलायतका विभिन्न शहरहरुमा योग सत्र संचालन गर्ने भएका छन्।

आयोजकहरुका अनुसार आचार्य बालकृष्णले बिहीबार, २२ जूनमा ब्लु रुम, ह्यारो; शनिबार, २४ जुनमा नटिंगघम र सोमबार, २६ जुनमा ग्लास्गोस्थित एमिरेट्स एरेनामा योग सत्रहरु संचालन गर्ने छन्।

ती कार्यक्रमहरुबारे जानकारी दिन शनिबार आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पतंजली योग पीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले आचार्य बालकृष्णजीले आफुले लेखन तथा सम्पादन गरेका वनस्पति शास्त्र सम्बन्धी पुस्तकहरु क्यु गार्डन तथा एडिनबरास्थित रोयल बोटानिक गार्डनलाई आफै प्रदान गर्ने कार्यक्रम रहेको बताइन्।

उनले नेपाली समुदायबीच सेवा, संस्कार, सम्पर्क, समर्पण र सहयोग वृध्दि गर्ने उद्देश्यले बेलायतमा स्थापना गर्न लागिएको हाम्रो स्वाभिमान ट्रष्ट युके शाखा पनि आचार्य बालकृष्णजीको समुपस्थितिमा घोषणा गरिने जानकारी दिइन्। उनले ती कार्यक्रमहरुमा बालबालिका तथा किशोर किशोरीलाई पनि साथै लिएर आउन आग्रह गरिन्।

पत्रकार सम्मेलनको संचालन हाम्रो स्वाभिमान ट्रष्ट युके तदर्थ समितिका महासचिव अर्जुन कटुवालले गरेका थिए भने तदर्थ समितिका संयोजक रोहित गुरुङले सहभागी पत्रकारहरुलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया