२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

भक्तपुरमा १८ लाखभन्दा धेरैका गरगहना र नगद चोरी

86 Shares

काठमाडौँ- भक्तपुरका दुई ठाउँमा आज सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।

चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ रु १० लाख ९६ हजार छ सय २५ सुनको विभिन्न गहना र नगद रु ३१ हजार चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

त्यस्तै प्रहरीका अनुसार झापा दमक नगरपालिका–३ घर भई मध्यपुरथिमि नगरपालिका–३ कौशलटार कुटु टोलमा बस्ने भएकी बबिता भट्टराईको डेराबाट रु सात लाख १२ हजार बराबरको सुनका गरहगहना र नगद रु १६ हजार नगद चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया