
काठमाडौँ– लोकप्रिय गायिका समीक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर समावेश ‘ए सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।
लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा सागर खरेलका शब्द , दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ ।