65
Shares

काठमाडौं । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिनुभएको छ ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले बुधबार राजीनामा घोषणा गर्नु भएको हो । जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उहाँले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाउँनु भएको हो ।
जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो ।
पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उहाँले राजीनामा दिनुभएको हो । लिम्बू पुस २५ गते मन्त्री नियुक्त हुनु भएको थियो ।