२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

कालिका–खबर डटकम दोश्रो बर्षमा

10781 Shares
Spread the love

लिस्बन । युरोपेली मुलुक पोर्चुगलबाट सञ्चालित कालिका–खबर डटकम दोश्रो बर्षमा प्रवेश गरेको छ । स्वदेश तथा बिदेशमा रहेका नेपालीलाई सही सुचना र निश्पक्ष समाचार प्रदान गर्ने तथा खोज पत्रकारितालाई विशेष प्राथमिकता दिने उद्धेश्यका साथ २०७८ जेठबाट शुरु भएको कालिका–खबर डटकम दोश्रो बर्षमा प्रबेश गरेको हो ।

अनलाइनले आफ्नो स्थापनाको दोश्रो बर्षमा प्रबेश गरेको अवसरमा पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा संस्थामा आवद्ध सदस्य, कर्मचारी लगायत सबै प्रति विशेष आभार प्रकट गरेको छ । संस्थाले सबैको साथ, सहयोग, सहकार्य, शुभेच्छा र हौसलाले नै आम नागरिकलाई सुसूचित गराउने अविराम यात्रामा निरन्तर खटिरहन उर्जा प्राप्त भएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

कालिका खबरले स्थापनाकाल देखि नै राजनीतिक, सामाजिक, समसामयिक र जनसरोकारका बिषय तथा समाजको बदलिँदो चित्रलाई उजागर गर्दै आम नागरिकका भावनालाई समेट्दै आईरहेको अनलाइनका प्रबन्धक पुस्तक रेग्मीले बताए । बिशेषतः प्रवासमा क्रियाशील नेपाली संघ–संस्थाका गतिविधी, नेपाली समुदायका कुरा, नेपालीको अवस्था र नेपालीले भोग्नु परेका समस्या लगायतका बिषयहरु अनलाइनले बिशेष प्राथमिकताका साथ प्रकाशन र प्रशारण गर्दै आएको उनले बताए । “जुन उद्धेश्य र लक्ष्यका साथ सुरु भएको थियो कालिका–खबर डटकम, सोही उद्धेश्य र लक्ष्य अनुरुप नै आफ्ना कदमहरु चालिरहेको छ ।, हाम्रो कलम पनि सोही अनुसार नै चलिरहेका छन्, – रेग्मीले भने ।”

राज्य, सरकार र जननिर्वाचित प्रतिनिधीहरुलाई राज्य र नागरिकप्रति उत्तरदायी र जवाफदेही बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै अनलाइनले आम चासो र जनसरोकारका बिषयमा सशक्त ढंगले खबरदारी गर्दै आईरहेको जनाएको छ । आगामी दिनमा अलाइनलाई अझै परिष्कृत गर्दै सत्य तथ्यमा आधारित रहेर समाचारमूलक, मनोरञ्जनमूलक, जानकारीमूलक र सुचनामूलक सामाग्रीहरु पाठक/दर्शक सामु पस्कदैं थप पठनीय र बिश्वसनीय बनाईने कालिका खबरले प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

अनलाइनले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर क्रियाशील रहने प्रण गर्दै रचनात्मक सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा राखेको जनाएको छ ।

प्रतिक्रिया