२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय धादिङ समाजले गर्यों सल्लाहकार समिति बिस्तार

11076 Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय धादिङ समाज ले थप १० जना सल्लाहकार समिति मनोनित गरेको छ। सस्थाको लागि सधैव सल्लाह, सुझाव तथा निरन्तर सहयोग गर्नु हुने सामाजिक अभियन्ता हरु लाई समेटेर बिस्तार गरिएको अध्यक्ष राजन खकुराल ले बताए।

प्रवक्ता विशेष लोहनी का अनुसार बेलायत बाट, नर्सिंग यसोसियसन युके का पुर्व अध्यक्ष बिनोद विकास सिम्खडा, बुद्ध फाउनडेशन युके का सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाईटी का प्रवक्ता सुरेन रुपाखेती, धादिंग नुवाकोट समाजका अध्यक्ष धन पाख्रिन रहेका छन्।

अमेरिका बाट सामाजिक अभियन्ता नवराज केसी, समाजसेवी टक बहादुर रुवाली, जापान बाट एनआरएनए जापान का उपाध्यक्ष राजकुमार अधिकारी, पत्रकार महासंघ जापान का सचिव राजन गौतम, एनआरएनए जापानका सचिव श्याम कुमार श्रेष्ठ, गैर आवासीय नेपाली संघ,नेदरल्याण्डसका निवर्तवान महासचिव संघर्षशिल केसी, क्यानाडा बाट सामाजिक अभियन्ता राजन श्री छत्कुली रहेका छन्।

थप सल्लाहकार हरु बाट अझै सस्था लाई सुधार उन्मुख गर्न सकिने र कार्यसमितिलाई हौसला प्रदान हुनेमा ढुक्क रहेको महासचिव राजेन्द्र श्रेष्ठ जानकारी दिए।

प्रतिक्रिया