२०८२, २ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

गोर्खा मिडियाका प्रबन्ध निर्देशक तमुलाई पितृशोक

104 Shares

लण्डन । बेलायतबाट सञ्चालित गोर्खा मिडियाका प्रबन्ध निर्देशक, समाजसेवी एवं वरिष्ठ फोटो पत्रकार मिलन तमुलाई पितृशोक परेको छ ।

तमुका पिता कास्की पोखरा महानगरपालिका( २७ रिठ्ठेपानी (दुर्गा टोल) निवासी ९१ वर्षीय शिरध्वज गुरुङको बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएको हो ।

पूर्वगोर्खा शिरध्वज गुरुङको नेपालमा अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो साढे ३ बजे उपचारको क्रममा निधन भएकागुरुङको तमु परम्पराअनुसार शुक्रबार साँझ स्थानीय घाटमा अन्त्येष्टि गरिएको हो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाशप्राप्त वफादारी सेना थिए । पुरानो गाउँ माछापुच्छ्रे गाउँपालिका ५ रिभान भएका मृतक गुरुङ विगत ३–४ वर्षदेखि पेट र छातीसम्बन्धी समस्याले बिरामी थिए ।

वि सं १९८९ साउन ७ मा जन्मिएका शिरध्वज गुरुङ बेलायतबाट सञ्चालित गोर्खा मिडिया डटकमका प्रबन्ध निर्देशक एवं फोटो पत्रकार मिलन तमुका पिता हुन् । उनकाश्रीमती, ४ छोरा र २ छोरी छन् ।

पछिल्ला वर्षहरुमा बेलायतमा बसोबास गर्दै आएका गुरुङ उनकै चाहनामा केही महिनाअघि मात्र नेपाल ल्याइएको थियो । मृतक गुरुङ छ गोर्खा राइफल्सका अवकाश प्राप्त वफादारी सेना थिए । अन्तिम संस्कारमा आफन्त, स्थानीयलगायतको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया