२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

यूकेमा साइग्रेस पोखरेलको पहिलो कार्यक्रम स्कटल्याण्डमा हुने

8951 Shares
Spread the love

स्कटल्याण्ड। नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका स्टोरी टेलर’ अर्थात् ‘कथा वाचक’ साइग्रेस पोखरेलले स्कटल्याण्डमा आफ्नो प्रस्तुती दिने भएका छन् ।

स्पेनको बार्सिलोना बसेर नेपाली मूलका कथा सुनाउँदै चर्चा बटुलेका पोखरेलले २९ मे सोमबारका दिन एडिनबर्गको हिल्टन होटेलमा कथा सुनाउने कार्यक्रम तय भएको छ।

एडिनबर्ग निवासी सुजन गौतम र शशि कार्कीको आयोजनामा साइग्रेसको वर्ड टुर (शब्दहरुको भम्रण) स्कटल्याण्डमा सम्भव भएको हो।

डेढ वर्ष पहिले नेपालका विभिन्न सहरहरुमा पुगेर उनले वर्ड टुर (शब्दहरुको भम्रण) गरेका थिए। १४ वटा कार्यक्रममा करिब १० हजार दर्शकसँग साक्षात्कार गरेको उनको अनुमान छ ।

गत वर्ष अगष्टमा साइग्रेस अष्ट्रेलिया पुगे । अष्ट्रेलियाका विभिन्न सहरहरुमा साइग्रेसले एक महिनासम्म कार्यक्रम गरेका थिए । युरोपमा पनि उनी नेपाली समुदायमाझ निकै चर्चित छन् । स्पेन,बेल्जियम, पोर्चुगल,माल्टा,पोल्याण्ड,जापान लगायतका देशमा उनले कार्यक्रम गरिसकेका छन्।

साइग्रेसको युट्युब च्यानलमा ६ लाख १८ हजार सब्सक्राइबर रहेका छन् । उनले अडियो उपन्यासहरु पनि आफ्नै युट्युवमार्फत सार्वजनिक गरेका छन् । उनको अडियो उपन्यास ‘मेरो अधुरो प्रेम’ ५८ लाखले हेरेका छन् । उनको युट्युबमा नौलो सुरुआत २७ लाख, नयाँ बेहुली २० लाखले कथा सुनेका छन् ।

प्रतिक्रिया