२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : मन्त्री श्रेष्ठ

43 Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा थुप्रै समस्या रहेको र किमसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभयो । उहाँले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफूपछि नहट्ने बताउनुभयो ।

उहाँले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले निर्दोष मानिस डराउनुपर्ने आवश्यक्ता नरहेको पनि उल्लेख गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको बताउनुभयो ।

प्रतिक्रिया