२०८१, १० श्रावण बिहीबार
×

ट्रेन्डिङ

नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार आफैं बाहिर आउँछ : जबरा

48 Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिसमशेर जबराले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार आफैँ बाहिर आउने बताउनुभएको छ ।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद राणाले भ्रष्टाचार जस्तो अपराध कसैले लुकाएर नलुक्ने भन्दै आफँै बाहिर आउने बताउनुभएको हो ।

उहाँले मुलुकमा भ्रष्टाचार हुँदै नहुनुपर्ने कुरा भएपनि अत्याधिक भ्रष्टाचार भइरहेको बताउनुभयो । उहाँले मुलुकमा हरेक क्षेत्रमा भ्रष्टाचार दखिएकाले सहन साध्य नभएको बताउनुभयो । उहाँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन पैसा ठग्ने काम बेइज्जती भएको बताउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारको सन्दर्भमा धुलो टकटक्याउन नपाउने बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचार विरुद्धका फाइल होइन फायर नै खोल्नुपर्ने बताउनुभयो । उहाँले २००७ सालमा राणा शासनको अन्त्यपछिका भ्रष्टाचारका प्रत्येक फाइलहरु खोल्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई समृद्धि बनाउनको लागि सरकार भ्रष्टाचारका विषयमा निर्मम हुन जरुरी रहेको पनि बताउनुभयो ।

त्यस्तै, नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले नक्कली भूटानी शरणार्थी सम्बन्धि भ्रष्टाचार मुद्दाको छानबिन निष्पक्ष हुनुपर्ने बताउनुभयो । उहाँले दोषीले कानून अनुसार कारबाही भोग्नुपर्ने भन्दै सरकारले मन परेकालाई लुसुक मन नपरेकालाई पक्राउ पूर्जी जारी गर्न नमिल्ने बताउनुभयो । उहाँले भ्रष्टचारमा संलगन भएको जसो नाम आएको किन्तु परन्तु नभनी कुनै दबाबमा नपरी काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको बीचको भेटलाई शंकाको दृष्टिकोणले हेर्न आवश्यक नभएको बताउनुभयो ।

प्रतिक्रिया