२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यक छ : मेयर साह

59 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताउनुभयो ।

उहाँले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताउनुभयो । उहाँले आयुर्वेदको प्रवद्र्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने बताउनुभयो ।

मेयर साहले आयुर्वेदको प्रवद्र्धन र बिस्तार गरी विदेशी पर्यटकहरु नेपालमा भित्र्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया