२०८१, ७ माघ सोमबार
×

ट्रेन्डिङ

अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा ढोलामा सम्पन्न भएको शिविरमा ५ सय १३ जनाले सेवा लिए

107094 Shares

धादिङ। अन्तराष्ट्रिय धादिङ समाजको आयोजना र ज्वालामुखी गाउँपालिका,नारि जागरण केन्द्रको समन्वयमा ज्वालामुखी गाउँपालिकामा २ दिने निशुल्क ‘’विशेषज्ञ स्वास्थ्य शिविर’’ सम्पन्न भएको छ । ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ स्थित ढोला स्वास्थ्य चौकीमा सम्पन्न भएको निःशुल्क बिशेषज्ञ सेवामा ५१३ जनाले सेवा लिएका छन् ।

बैशाख ८ र ९ गते सम्म सन्चालन भएको शिविरमा २०० जनाको दाँतको परिक्षण गरीएको छ । जसमा १७० जनाको दाँत निकालिएको,३५जनाको दाँत सफा गरेको, १० जनाको दातको एकसरे गरिएको छ ।यस्तै २२५ जनाको छाला र हाडजोर्नी रोग सम्बन्धी रोगको उपचार गरीएको थियो । शिविरमा २५० जना महिलाहरुको रोगको उपचार र आँैषधी वितरण गरीएको थियो । शिविरमा १३० जनालाई जनरल फिजिसिएन सेवा प्रदान गरीएको थियो । विरामीहरुलाई लिन जाने र उपचार पछि पुर्याउने समेतको व्यवस्थान अन्तराष्ट्रिय धादिङ समाजलेनै गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिनुभयो ।

शिविरमा, महिला रोग विशेषज्ञ डा.सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा.दिलिप प्रजापती, जनरल सर्जन डा.गरखनाथ मिश्र,जनरल फिजिसियन डा.अमरिश थापा ,प्रो.डा.सिताराम श्रेष्ठ,विशेषज्ञ,टोलिहरु साथै दन्त चिकित्सकहरु डा.बिनय भण्डारी, डा. अंकित गुप्ता, डा. निशा भट्ट , नर्सहरु कृतिका महत, प्रमिषा महर्जन, फार्मसिस्ट श्रावन महत, ल्याब टेक सानीला श्रेष्ठ, अनिसा श्रेष्ठ लगायत ढोला स्वास्थ्य चौकीका कर्मचारीहरुले सेवा प्रवाह गर्नुभएको समाजका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

शिविर समापन समारोह कार्यक्रममा अन्तराष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलिएको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालकाको प्रमुख आतिथ्यता रहेको थियो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित,वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ,स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा युकेमा रहनुभएका समाजका अध्यक्ष राजन खकुरालले दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सम्पुर्ण स्वास्थ्यकर्मी,आर्थिक संकलनमा सहयोग गनुहुने र नेपालमा रही समाजको तर्फबाट सहयोग गर्नुहुनै सबैलाई धन्यवाद दिनुभएको छ ।

शिविर समापनमा समारोहलाई सम्बोधन गनुहुर्द अतिथिहरुले गाउँमै यति ठुलो डाक्टरको टिम ल्याएर विशेषज्ञ सेवा प्रदान गर्नुहुने अन्तराष्ट्रिय धादिङ समाजलाई धन्यवाद दिनुभएको छ । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने समेत बताउनु भएको छ । यसैगरी वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण गुरुङले आफ्नै वडामा आएर विशेषज्ञ स्वास्थ्य शिविर सन्चालन गर्नुभएकोमा समाजलाई धन्यवाद दिनुहुदै आगामी दिनमा पनि मिलेर काम गर्न आफु तयार रहेको बताउनु भएको थियो ।

शिविर समापन गर्नको लागि समाजका नेपाल स्थित सचिव राजेन्द्र थपलिया,कोषाध्यक्ष भगवती उप्रेती,सह कोषाध्यक्ष रामकुमार थापा र कार्यसमिति सदस्य राजेश्वर बस्नेतले समन्वय गर्नुभएको थियो ।

गाउँमै विभिन्न रोगको विशेषज्ञ सेवा सहित निशुल्क औषधी पाएपछि नागरिकहरु खुसि भएका छन् । अन्तराष्ट्रिय धादिङ समाजले स्वास्थ्य शिविरमा आएर सहयोग गर्नुहुने विशेषज्ञ डाक्टर तथा स्वास्थ्यर्कीमहरुलाई सम्मान पत्रबाट सम्मान गरीएको थियो। शिविर सन्चालनको लागि आर्थिक संयोजक बाबुकाजी भण्डारीले गर्नुभएको
थियो भने संयोजक को भूमिका संस्थाका अध्यक्ष राजन खकुरालले गरेका थिए ।

प्रतिक्रिया