२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

सगरमाथा आरोहीको सुरक्षाको प्रत्याभूतिको लागि सरकारले विशेष कदम चाल्नुपर्दछ : क्षमता ढकाल

42422 Shares

लण्डन । नेपाल सरकारले सगरमाथा आरोहीको सुरक्षाको प्रत्याभूतिको लागी विशेष कदम चाल्नुपर्ने सामाजिक अभियान्ता क्षमता ढकालले बताएकी छिन् ।

सगरमाथा आरोही सुदर्शनको फेसबुक स्ट्याटस् पढेपछि आफू चकित भएको भन्दै ढकालले भनिन्, “सगरमाथा आरोहण जो कोहीको सपना भए पनि सहज छैन । आरोहण सहयोगीका बारेमा पनि नेपाल सरकार अनभिज्ञ रहेको छ । तथ्यांकका आधारमा कति आरोहण गर्छन् र कतिका सपना अधुरा रहन्छन् भन्ने त सरकारले बुझाउन सक्छ तर के कसरी आरोहीहरू गायब भएका छन् तिनका बारेमा केही जानकारी वा अनुसन्धान गर्ने गरेको छ ?

सरकारले आरोहीको बीमा र सुरक्षाको लागि केही विशेष कदम चाल्नुपर्ने देखिन्छ । सुदर्शनको स्टाटसबाट पनि थाहा पाउन सकिन्छ कि इन्सोरेन्सका लागि धेरै आरोहीको जिन्दगी धरापमा रहेका रहेछन् । भोलिको दिनमा यसले विकराल रुप वा व्यवसायिक रुप लिन सक्छ । के मान्छे मार्ने पनि व्यवसाय हुन्छ ? यदि यो पैसाको लागि मानिसलाई बाँधेर फाल्ने कुरा सत्य हो भने नेपाल सरकारको यसप्रति यथाशीघ्र ध्यानाकर्षण हुन जरुरी छ ।”

सगरमाथा आरोही तथा समाजसेवी, उद्दारकर्मी तथा दर्जन भन्दा धेरै सामाजिक सस्थाहरुमा आबद्द श्री शिब बहादुर सापकोटाले नेपाल सरकारद्वारा उनको योगदानको उच्च मुल्यांकन गर्दै ‘जनसेवाश्री पंचम’ द्वारा सम्मान गरेको छ ।

प्रतिक्रिया