
लिस्बन। स्याङ्जा समाज फ्रान्सको दोश्रो अधिबेशन सम्पन्न भएको छ । राजधानी पेरिसमा सम्पन्न भएको अधिबेशनले पुनः अरुण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिबेशनले गुरुङको नेतृत्वमा आगामी दुई बर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा सुमन कार्की, उपाध्यक्षमा दिल बहादुर नेपाली र महिला उपाध्यक्षमा सीता गुरुङ रहनुभएको छ । समाजको महासचिवमा उदयराज पाण्डे, सचिवमा नारायण पाण्डे र कोषाध्यक्षमा सुनिल चापागाई चयन हुनुभएको छ ।
अधिबेशनले सह–कोषाध्यक्षमा सिर्जना पाण्डे लामिछाने, महिला संयोजकमा सगुन गुरुङ, युवा संयोजकमा स्वरुप ठकुरी, युवा सह–संयोजकमा टेक ठकुरी, सांस्कृतिक संयोजकमा अंकित गुरुङ र सांस्कृतिक सह–संयोजकमा जेनी गुरुङलाई चयन गरेको छ । यस्तै समाजको सदस्यहरुमा मुना सारु मगर, लेख बहादुर गाहा, दिनेश अधिकारी र सम्झना सुनार रहनुभएको छ ।
“समृद्ध स्याङजाका लागि बिश्व अभियान” भन्ने मूल नाराका साथ प्रवासी मुलुक फ्रान्समा रहेका स्याङ्जालीहरुलाई संगठित र गोलबन्दीत गर्ने उद्धेश्य अनुरुप सन् २०२१ मा समाजको स्थापना भएको थियोे । समाजले आफ्नो स्थापनाकाल देखि नै बिभिन्न खालका सामाजिक र रचनात्मक गतिविधीहरु गर्दै आएको छ ।