२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

1040 Shares

लण्डन । यहि आउदो सन २०२३ अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा गोर्खा वरियर्स ईभेन्टस् द्वारा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ ।

उक्त ग्रान्ड प्रिमियरमा “जारी” टिम उपस्थित हुने जानकारी गोर्खा वरियर्स ईभेन्टस् का सन्ञ्चालक दोय अल्बिन र पिटरले जानकारी दिए । गोर्खा ईभेन्टस् को पनि यस फिल्ममा केहि हिस्सा लगानी भएकोले ईभेन्टस् सन्ञ्चालक अल्बिन नेपाल पुगेर फिल्मको गहिरो अनुसन्धान गरी सिनेमाको गीत सुटिङ्को अवलोकन समेत गरेर बेलायत फर्केपछि वरियर्स ईभेन्टस् का टिमहरुसँग सल्लाह गरेर ग्रान्ड प्रिमियर गर्ने योजना तय गरेको हो ।

यस “जारी” चलचित्रको कथाकार तथा निर्देशक “झाक्री बुडा “ उपेन्द्र सुब्बाको कथा एकदम राम्रो हुन्छ भन्ने यो भन्दा पहिले बनेका चलचित्रहरुबाटै प्रमाणित भै सकेको छ । अझ यो “जारी “ पूर्वको किरात लिम्बुहरुको संस्कार संस्कृतिहरूलाई उजागर गरेर बनाएको शंखा यस सिनेमाको टिजर र ट्रेलरहरुले प्रष्ट झल्काउछ, समग्रमा कथावस्तु र छायाङ्कन अरु सिनेमाहरु भन्दा फरक भएको निर्देशक उपेन्द्र सुब्बाले टेलिफोनमा बताए ।

उक्त ग्राड प्रिमिएरमा ”जारी” टिमका सुपर स्टार दयाहाङ् राई हिरोईन मिरुना मगर, बिजय बराल र उपेन्द्र सुब्बा उपस्थित हुने पक्का भएको जानकारी गोर्खा वरियर्स ईभेन्टस् का अर्का सदस्य पिटरले जानकारी गराउदै यस चलचित्रको टिजर र ट्रेलर टिकटक र यूट्यूबमा राखिएकोलाई लाखौंले हेरिसकेकोले गर्दा सुपरहिट हुने आत्मबिश्वास समेत राखे ।

टिजरः

प्रतिक्रिया