२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

ज्याकेटको कारण विवादमा मेलानिया, ट्रम्पले गरे बचाउ

1742 Shares
Spread the love

काठमाडौं । अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्प पुनः एकपटक आफूले लगाएको कपडाको कारण विवादमा आएकी छिन् । यसअघि पनि आफ्नो स्टाइल र कपडाको कारण विवादमा पर्ने गरेकी मेलानिया पछिल्लो समय लगाएको ज्याकेटको कारण विवादमा आएकी हुन् ।

प्रवासीहरुबाट अलग गरिएका बालबालिकाहरुलाई भेट्न गरेको अवसरमा उनले लगाएको ज्याकेटले मेलानिया विवादमा परेकी हुन् । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढ्दै गरेको विवादलाई साम्य पार्न मेलानियाको बचाउ गरेका छन् ।

आफ्ना अभिभावकहरुबाट अलग गराइएका बालबालिकाहरुलाई भेट्न जाने क्रममा उनले ‘मलाई केही फरक पर्दैन, के तपाइँलाई पर्छ ?’ लेखिएको ज्याकेट लगाएकी थिइन् ।

यसअघि ट्रम्पको आप्रवासी नीतिको कारण अलग गराउने निर्णयको विषयमा चर्को आलोचना भएको थियो । अत्यधिक आलोचना भए पछि ट्रम्पले बालबालिकाहरुलाई अलग गराउने निर्णय फिर्ता लिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने मेलानियाको ज्याकेटको पछाडि लेखिएको सन्देश ‘फेक मिडिया’ को लागि रहेको बताएका छन् । उनले मेलानियालाई गलत समाचार कुन हिसाबमा प्रशारण गरिन्छन् भन्ने थाहा भइसकेको र उनी यसलाई वास्ता नगरी अघि बढ्ने योजनामा रहेको कारण यो ज्याकेट लगाएको ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बताएका छन् ।

मेलानियाले बच्चाहरुलाई भेट्न जाँदा यो ज्याकेट लगाएकी थिइन् तर सीएनएनले भने फर्किँदाको समय पनि एन्ड्रयुज एयर फोर्स बेसमा पनि उनले सो ज्याकेट लगाएकी थिइन् ।

प्रतिक्रिया