२०८१, १२ बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रतिबन्धित भारतीय रूपैयाँ मधेशमा खुलेआम कारोबार

1680 Shares

काठमाडौं। विगतमा सीमावर्ती नेपाली बजारमा अत्यन्तै कम लेनदेन हुने गरेको भारतीय ५ सय दरको नोट केही महिनायता मधेश प्रदेशका सबै सहर, बजार र राजमार्गमा खुलेआम प्रयोग भइरहेको छ ।

पछिल्लो समय नेपालमा एक सयभन्दा माथिल्ला दरका (५ सय र २ हजार) भारतीय मुद्राको प्रचलनमा प्रतिबन्ध लगाइएको छ । तर, मधेश प्रदेशका माथिल्लो क्षेत्रमा रहेका ठूला सहर, बजार र राजमार्गमा यी नोटको प्रचलन व्यापक रूपमा भइरहेको हो । यसमा पनि २ हजार दरको नोट भन्दा ५ सयको नोट बढी प्रयोगमा आएको छ ।

मधेश प्रदेशका सिमरा, जितपुर, निजगढ, चपुर, बर्दिबास, हरीऔन, लहान गोलबजार, लालबन्दी र सीमावर्ती सहरहरू वीरगञ्ज, जनकपुरमा ५ सय दरका नोटको खुलेआम कारोबार हुँदै आएको छ ।

सरकारले भारतीय नागरिकले २५ हजारमात्र भारू लिएर आउन सक्ने कानुनी व्यवस्था बनाएको छ । त्यो पनि एक सय दरको नोट मात्र । यस्तोमा भारतीय नागरिकहरूले नै जोखिम मोलेर ५ सय दरका भारू ल्याउने गरेको बताइन्छ । आजको कारोबार दैनिक मा प्रकाशित छ ।

प्रतिक्रिया