२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

देशभर मौसम बदली, चट्याङ्गसहित असिना पानीको सम्भावना

1686 Shares
Spread the love

काठमाडौ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित असिना पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै आज राति पनि देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गरहावा-हुरी रअसिना सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया