२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

आज पहाड र तराईका केही भु–भागमा मेघगर्जन र चट्याङसहित वर्षा

1362 Shares
Spread the love

काठमाडौं ।  देशका पहाडी र तराईका केही भुभागमा आज  हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

त्यसैको असरले देशको पहाडी तथा हिमाली भू–भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

विभागले आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भने आज राति मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया