२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

त्रिपाल खरिदको भुक्तानी दिने निर्णय कार्यान्वयन नहुँदा तड्पिँदै व्यवसायी

1294 Shares
Spread the love

काठमाडौं। २०७२ सालमा भूकम्पपीडितका लागि त्रिपाल खरिद गरेको भुक्तानी दिने निर्णय भएर पनि कार्यान्वयनमा नआएपछि तनावमा परेको चार जना व्यवसायीले बताएका छन् ।

व्यवसायी सुनिलकुमार गौतम, रामशरण कुँवर, कृष्णहरि चौलागाईं र मोतीलाल पोखरेलले आफ्ना प्राइभेट फर्ममार्फत त्रिपाल खरिद गर्दै पीडितलाई वितरण गरेका थिए ।

आपत्कालीन अवस्थामा विभिन्न जिल्लाबाट मागको आँकलनका आधारमा १ लाख ५१ हजार थान त्रिपाल खरिद गरी उपलब्ध गराउन मन्त्रालयको खरिद इकाईको सार्वजनिक खरिद ऐन २०६३ को दफा ४१ घ अनुसार सोझै खरिद प्रक्रिया अवलम्बन गर्न सिफारिस गर्न निर्णय गरेको थियो । सो निर्णयअनुसार व्यवसायीसँग सरकारले त्रिपाल खरिद गर्ने निर्णय भएको थियो ।

मन्त्रिपरिषद्को १४ वैशाख २०७२ को निर्णयअनुसार विशेष परिस्थितिमा तत्काल २६ हजार थान त्रिपाल प्राप्त भई २५ हजार थान त्रिपाल पठाउन सप्लायर्सलाई अनुरोध गरी सकिएको र प्रक्रिया पु(याएर भुक्तानी दिने व्यवस्था मिलाउने निर्णय भएको थियो । तर, सरकारले ८ वर्ष बित्न लाग्दा पनि त्रिपाल खरिद गरेको भुक्तानी नदिएर आफूहरूलाई अहिलेसम्म झुलाएको व्यवसायी कृष्णहरि चौलागाईले बताए । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया