२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

प्रचण्डविरुद्ध दुई रिट दर्ता गर्न आदेश

1209 Shares
Spread the love

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने आदेश माग गर्दै पेस गरिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीशहरू ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले शुक्रबार सो रिटको दरपीठ बदर गरी दर्ता गर्न आदेश दिएको थियो । रामेछापका कल्याण बुढाथोकी र अधिवक्ता ज्ञानेन्द्र आरणले प्रचण्डले तीन वर्षअघि एक समारोहमा बोलेको अभिव्यक्तिलाई आधार बनाएर सो रिट दायर गरेका थिए । सो रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएपछि त्यसविरूद्ध निवेदन दिएका थिए । सोही निवेदनमा सुनुवाइ गर्दै इजलासले सो आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

द्वन्द्वकालको घटनालाई नियमित अदालतभन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रबाट सम्बोधन र निरूपण हुने नै भएकाले सर्वोच्चको क्षेत्राधिकारमा नपर्ने भन्दै यसअघि दरपीठ गरेको थियो ।

नेकपा (माओवादी केन्द्का) अध्यक्षसमेत रहेका प्रचण्डले २०७६ को माघीको अवसरमा राजधानी खुलामञ्चमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिलाई आधार बनाएर सो माग गरिएको थियो ।

सो कथनलाई आधार बनाएर ‘प्रचण्ड’लाई पक्राउ गर्ने आदेश माग गरिएको रिट सर्वोच्चले प्रशासनले गएको कात्तिकमा दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । आफूहरू द्वन्द्वपीडित भएको र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा समेत प्रचण्डविरूद्ध उजुरी दिएको रिटमा उल्लेख गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया