२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न प्रहरीको आग्रह

1390 Shares
Spread the love

काठमाडौं। फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि प्रहरीले भनेको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ । यसवर्ष पर्सि सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।

 

प्रतिक्रिया