२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बेलायतमा एक नेपाली कुट्ने अर्का नेपालीको खोजी गर्दै प्रहरी

337456 Shares
Spread the love

लन्डन । बेलायतमा नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रमा एक नेपालीलाई कुटपिट गर्ने अर्का नेपाली युवाको खोजीमा बेलायती प्रहरी लागेको छ ।
झन्डै दुई साताअघिको घटनाको अनुसन्धानको क्रममा प्रहरीले कुटपिट गर्ने युवाको तस्विर सार्वजनिक गर्दै खोजीमा सघाउन स्थानीय समुदायलाई अपिल गरेको छ ।
ह्याम्पशायर प्रहरीका अनुसार गत फेब्रुअरी ४ तारिख शनिबार बिहान झन्डै डेढ बजेको आसपासमा घटना भएको थियो । अल्डरसटको वेलिङटन स्ट्रिटस्थित एक क्यासिनोको बाहिर एक युवाले अर्कोलाई कुटपिट गरेका थिए । जसका कारण पीडित युवाको अनुहारमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले आफ्नो अपिलमा नेपाली युवा भनेर नखुलाएपनि तस्विरमा देखाइएका युवा नेपालीजस्तै देखिन्छन् भने प्रहरीले आफ्नो अपिल नेपाली समुदायलाई केन्द्रित गर्दै नेपाली भाषामा पनि प्रकाशन गरेको छ । अल्डरसटमै बसोबास गर्ने नेपालीले पनि कुटपिटमा संलग्न दुवै पक्ष नेपाली रहेको बताएका छन् ।
प्रहरीले सिसिटिभी  फुटेजबाट प्राप्त तस्विर सार्वजनिक गर्दै कुटपिट गर्ने युवाबारे कुनै जानकारी भए उपलब्ध गराइदिन अपिल गरेको छ ।
यसबारे जानकारी भएमा अपराध नम्बर 44230047380  खुलाएर प्रहरीलाई 101 मा टेलिफोन सम्पर्क गर्न आह्वान गरिएको छ । त्यस्तै, अनलाइनमा यो लिंकमा क्लिक गरेर पनि जानकारी पेश गर्न सकिनेछ ।

आफ्नो परिचय पूरै गोप्य राखेर पनि 0800 555 111 मा टेलिफोन सम्पर्क वा अनलाइन फाराम crimestoppers-uk.org मा अनलाइन फारम भरेर पनि जानकारी गराउन मिल्नेछ ।

 

प्रतिक्रिया