२०८१, ३१ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

काठमाडौंमा हुन लागेको दुबई प्रोपर्टी मेला प्रहरीले रोक्यो

151603 Shares

काठमाडौं । काठमाडौंको होटल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला नेपाल प्रहरीले रोकेको छ ।

 

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको बताउनु भयाे ।

आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट समेत बरामद गरिएको उहाँले बताउनु भयाे ।

 

‘यस प्रकृतिकाे कार्यक्रमकाे अनुसन्धान गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हो’, उहाँले भन्नुभयाे,’त्यसैले बरामद पासपोर्ट अनुसन्धानका लागि उतै जिम्मा लगाउँछौं।’

प्रतिक्रिया