1158
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताबिनाको प्रजातन्त्र कागजी सिद्धान्तमात्र हुने बताएका छन्। पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शुभकमना सन्देश जारी गर्दै शाहले देशका सबै भूभागको रक्षा र समग्र देशको समृद्धिका लागि गहकिलो प्रयास हुनु पर्ने बताएका हुन्।
जनतालाई सेवा र सुविधा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि राष्ट्रलाई सुख नहुने उनले बताएका छन् ।