1279
Shares

काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ काठमाडौं आईपुग्नुभएको छ ।
नवनियुक्त राजदूत सोङ आइतबार बिहान काठमाडौं आईपुग्नुभएको हो ।
सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए ।
होउ यान्छीलाई नेपालबाट फिर्ता गरेपछि चीन सरकारले गत डिसेम्बर २७ मा सोङलाई नयाँ राजदूत नियुक्त गरेको थियो ।
चीनको विदेश मन्त्रालयमा एशियाली मामिला हेर्ने सोङ दक्षिण एशिया विज्ञ मानिन्छन् ।