२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

बेलायतबाट सर्जक सर्बेन्द्र अधिकारीले सार्वजनिक गरे ‘मन्थन’ को म्युजिक भिडियो

460022 Shares

लण्डन। बेलायतलाई कर्मथलो बनाएका सर्जक सर्बेन्द्र अधिकारीको “ मन्थन ” गीतको भिडिओ हालै बेलायतबाट सार्वजनिक भएको छ ।

इनास युकेको ब्यानरमा तयार भएको यस गीतमा शब्द, संगीत तथा स्वर अधिकारीको नै रहेको छ ।

हाल इनास युके का महासचिबको पद सम्भाल्नुभएका अधिकारी का यस अघी पनि “किन हेरेउ “, “नजर मा लुकाउ कि “, “ किन रोयेऊ आमा ” जस्ता गीतहरु सार्वजनिक भैसकेका छन् ।

नेपालमा रहदा प्राध्यापन्, अनुसन्धान तथा पत्रकारिता जस्ता बिधामा कार्यरत अधिकारीले केही बर्षअघियुके आएपछी मात्र सांगीतिक बिधामा हात हाल्नु भएको हो ।

रोमान्टिकभन्दा पनि मार्मिक गीतहरु लेख्न, सुन्न अनी गाउनरुचाउने अधिकारीको यो गीत “मन्थन “ मा पनि प्रेममा चोट खाएको प्रेमी को अन्तरोदन र आबेसिक बदला को भाव समेटिएको छ ।

लण्डनको ग्रीनवीचपार्क, फोक्स्टोनको सामुद्रिक तट लगायतका बेलायतका सुन्दर स्थानहरुमाखिचिएको यो भिडियोकोनिर्देशन समेत लण्डनका युबा निर्देशक आशिस श्रेष्ठकोरहेको छ। “अभिनय् मेरो सौख हो, ब्यवसाय होइन” भन्न रुचाउने सर्जक अधिकारीले उपरोक्त गीतमा आँफै अभिनयपनि गर्नु भएको छ भने लण्डनमाकलाकारितामा संलग्न तथा इनास युकेका सदस्यहरु रिना भण्डारी तथा दीपक मैथानेमगरको समेत अभिनय रहेको छ।

प्रतिक्रिया