२०८१, ३१ असार आईतवार
×

ट्रेन्डिङ

क्षमता विकासमा लाग्न स्थानीय तहकाे नेतृत्वलाई प्रधानमन्त्री देउवाको आग्रह

1351 Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै पुगेको बताउनुभयो ।

उहाँले स्थानीय तहमा भ्रष्टाचार न्यूनिकरण र दिगो विकास लक्ष्य अनुसार योजना तर्जुमा गर्न पनि आग्रह गर्नुभयो । सहज रूपमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका कामहरु गर्नुपर्ने समेत उहाँले बताउनुभयाे । त्यसतर्फ छलफल चलाउनु जरूरी रहेको उहाँले बताउनुभयो ।

सार्वजनिक प्रशासनको चुस्त कामले नै जनता समक्ष सेवा प्रवाह हुन सक्ने भन्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया